बुक बिल्डिङ्ग विधिमा ४६ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति

  नेपाल धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई बुक बिल्डिङ्ग विधिमा योग्य संस्थागत लगानीकर्ताको स्वीकृति दिएको छ । बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन दिएका ६२ संस्थाहरुमध्ये ४६ संस्थालाई स्वीकृति दिएको हो। बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको र वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा…