लघुवित्तको शेयरमूल्य घट्ने क्रम रोकिएन, १४ कम्पनीमा नकारात्मक सर्किट

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको असरबाट घट्न थालेको लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा चलेको पहिरोले बुधबार पनि निरन्तरता पाएको छ। सो नीतिको सोझो असर फागुन २० गतेपछि २१ गते बुधबारको शेयर बजारमा लघुवित्तको शेयरमूल्यमा पनि परेको छ। बुधबार १४ लघुवित्त कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल राष्ट्र बैंकले सोमबार साँझ सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा २० प्रतिशतभन्दा धेरै…