मर्जरको सिनर्जी: सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा दोब्बर

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) को खुद नाफा गत आवको यसै अवधिको तुलनामा दोब्बर बनेको छ। काबेली विकास बैंकसँग मर्जर गरि एकीकृत कारोबार गरिरहेको बैंकलाई मर्जरको कारण व्यवसाय वृद्धि हुँदा लकडाउनको बाबजुत नाफा वृद्धि गर्न सघाउ पुगेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन…