टोखामा मेरो किसान मार्टको आउटलेट सञ्चालनमा

‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराका साथ काठमाण्डौंको टोखामा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा एक कार्यक्रमका बीच मार्टको उद्घाटन भएको हो । मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । झण्डै ३० लाख रुपैंयाको लगानीमा सञ्चालमा आएको मार्टले एक सातासम्म १५ देखि…