इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुनियोजित रुपमा इन्टरनेटको तार काटेर दूरसञ्चार उपकरणमा क्षति र्पुयाएको भन्दै दूरसञ्चार ऐन, २०५३ लाई उल्लङ्घन गर्नेलाई कारवार्ही गर्न माग गरेको छ । इस्पानले बुधबार जारी गर्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले भदौ २ गते बुधबार अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न…