अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’

काठमाडौं । प्रतिकूल मौसमका कारण बिहीबार हवाई उडान प्रभावित भइरहेको छ। कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत…