ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंकले खरिद गर्यो सरकारी ऋणपत्र, घट्यो औसत डिस्काउन्ट रेट

सरकारी ट्रेजरी बिल्समा बैंक वित्तीय संस्थाले हालसम्मकै उच्च ब्याज मागेपछि नेपाल राष्ट्र बैंक आफैले खरिद गरेको छ । केन्द्रीय बैंकले ब्याजदर सन्तुलित बनाउन बैंकहरुले माग गरेको ब्याजदरमा नदिई आफैले खरिद गरेको हो । सरकारले सोमबार १० अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र १८२ दिने ट्रेजरी बिल निष्कासन गरेको थियो । सरकारले पुरानो ऋणलाई…