बाढीमा क्षति पुगेका कम्पनीको कारोबारमा निगरानी गर्न निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परेर क्षतिग्रस्त सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्दै कारोबारलाई विशेष निगरानी गर्न निर्देशन दिएको छ । नेप्सेलाई सेबोनले भोटेकोसी नदी प्रणालीका आसपास सञ्चालनमा रहेका तथा निर्माणधीन विभिन्न जलविद्युत् आयोजना, सम्बन्धित प्रसारण संरचना तथा अरू भौतिक पूर्वाधारमा क्षति पुगेको भए विवरण…