काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ जेठ ८ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आउँदो सोमबार अर्थात् जेठ ११ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको १३…