काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिको प्रतिवेदनमा कैफियत देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको रसुवा बाढीको क्षतिसम्बन्धी तथ्यांकमा वास्तविकताभन्दा बढी क्षति भएको विबरण समावेश गरेको भेटिएको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भए अनुसारको क्षति नभएको सम्बन्धित संस्थाले प्रतिकृया दिएसँगै…