वर्तमान सरकार गठन भएपछि एक वर्ष अवधिमा बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म उल्लेख्य प्रगति भएको छ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यात लगायत एक वर्षको अवधिमा सरकारले ऊर्जा क्षेत्रमा देखिने र अनुभव गर्ने गरी कार्य गरेको छ । त्यसले नेपालको अर्थतन्त्रको विकासमा दीर्घकालीन प्रभाव पर्नेछ ।…