सुनको भाउ एक हजार रुपैयाँले बढ्यो, चाँदी पनि उकालो लाग्दै

सुनको बजार भाउ आइतबार एकैदिन एक हजार रुपैयाँले महङ्गिएको छ । सुनसँगै चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २०५ रुपैयाँ पुगेको छ…