घुस सहित मालपोतका अधिकृत पक्राउ

कञ्चनपुरका मालपोतका अधिकृत लोकराज जोशी ७९ हजार रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट उनलाई घुस रकम सहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाएको हो । जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग…