झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार रुपैयाँको चिया निर्यात भएको छ । चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार…