दसैँ अर्थतन्त्र

अर्थतन्त्र नै सुस्त भएपछि निराश खुद्रा ब्यापारी, सुपर स्टोरहरुको कारोबारमा सामान्य सुधार


अर्थतन्त्रमा देखिएको सूस्ततामा सुधार नआएपछि खुद्रा व्यपारीलाई चाडवाडले पनि उत्साह थप्न सकेको छैन । हिन्दु धर्मावलम्बीको महान चाड वडा दसैँ नजिकिदै गर्दा समेत खुद्रा ब्यापारले गति नलिदा ब्यपारी चिन्तित देखिएका हुन ।

सरकारले अर्थतन्त्रलाई गति दिने र आर्थिक गतिविधि बढाउने गरी चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीति ल्याएको भएपनि त्यसको प्रभाव बजारमा नदेखिएको हो । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाए पनि कर्जा विस्तार सोचे अनुसार बढ्न नसक्दा अर्थतन्त्रले प्रर्याप्त गति लिन नसकेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिन लाग्दा समेत आर्थिक गतिविधिमा सुधार आउन नसक्दा सर्वसाधारणको दसैँ कम खर्चिलो हुने निश्चित छ ।

हुने खाने र भए खाने सबै वर्गले एकसरो कपडा फेर्ने र मिठो मसिनो खाने पर्वको रुपमा परिचित छ दसैँ । तर, यो वर्षको दसैँ भने केही फकर र कम खर्चिलो हुने देखिएको छ । आर्थिक गतिविधि सुस्त भएसंगै हिन्दु नेपालीहरुको यत्ति ठूलो पर्व दसैँमा पनि राजधानीको मुख्य व्यापारिक केन्द्र असन, न्यूरोड, खिचापोखरी लगायत स्थानमा यत्तिबेला विगतका वर्षहरुमा जस्तो व्यापार बढेको छैन । दसैँको समयमा यी क्षेत्रका व्यपारीलाई भ्याइ नभ्याइ हुनु पर्ने अहिले ग्राहक पर्खेर बस्नु परेको अवस्था छ ।

बल्र्ड बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोष लगायत अन्राष्ट्रिय संस्थाहरुले नेपाली अर्थतन्त्रमा केही सुधार भएको प्रतिवेदन निकालेका छन् । तर, उक्त प्रतिवेदनले सकारात्मक बनाएपनि बजारको बास्तविक अवस्था त्यो भन्दा निकै फरक देखिएको छ । समान्य दशैको समयमा खुद्रा ब्यापार बढ्ने गर्छ । त्यसका साथै खुद्रा ब्यापार सबैभन्दा धेरै हुने समयमा भनेको पनि दशैं तिहारकै समयमा हो । यो समयमा ब्यापारीले गर्ने व्यपार वर्ष भरीको भन्दा धेरै हुने गर्छ । तर, यो वर्षको दशैमा त्यो अवस्था नदेखिएको ब्यापराीहरु बताउछन । सुपर स्टोर तथा अनलाइन सपिङका कारण पनि व्यापार झनै प्रभावित भएको उनीहरुको भनाइ छ ।

विगत २ वर्षदेखि न्यूरोडमा व्यवसाय सञ्चालन गर्दै आएका विधान पाण्डे दसैँको व्यापारलाई लिएर निराश छन् । दसैँको बेलामा भ्याइनभ्याइ हुने फेन्सी व्यवसायी ग्राहक कुरेर बस्न बाध्य छन् । विशेष गरेर दसैँमा किनमेल हुने कपडाको व्यापार घट्दो रहेको पाण्डेको भनाइ छ । “यो समयमा हामीले गर्ने ब्यापार वर्षभरीको भन्दा धेरै हुनु पर्ने हो,” उनले भने,“तर, अहिलेको दशैमा व्यपार नबढ्दा दशैं मानाउनै समस्या होला जस्तो अवस्था बनेको छ ।”

अघिल्लो वर्ष व्यापार राम्रै भए पनि यो वर्ष व्यापार नभएको देख्दा उनमा व्यापार गर्ने उत्साह नै छैन । एपीपीका सञ्चालक पाण्डे भन्छन्,“गत वर्षको भन्दा पनि व्यापार घटेको छ, बाढी पहिरोले गर्दा सामान पनि बाटोमा नै रोकियो । अब कहिले खुल्ने हो थाहा छैन । दसैँको लागि मगाएको सामान अझै आइपुगेको छैन । नेपालमा जे गरे पनि सुख छैन ।”

“अहिले नयाँ कपडा लगाउनलाई दसैँ नै कुर्नपर्छ भन्ने छैन । अरु बेला पनि आफ्नो आवश्यकताअनुसार नयाँ कपडा किनमेल हुन्छ,” उनले भने, “त्यसैले पनि दसैँ विषेश व्यापारमा संकुचन आएको हुन सक्छ ।”

अर्थतन्त्रमा देखिएको सुस्तताका बजारमा माग बढ्न सकेको छैन । बजारमा माग नवढ्दा आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मै आयात ०.६ प्रतिशतले घटेको छ । साउन महिनामा आयात ०.६७, निर्यात ९.६३ र समग्र व्यापार १.५२ प्रतिशतले घटेको थियो । भदौमा आयात व्यापार १.०८ प्रतिशतले बढेको छ । यो तथ्याङकले पनि समग्र बजारको मागमा आएको कमीले आयात समेत बढ्न सकेको छैन । समग्रमा आर्थिक गतिविधि सुस्त हुुँदा बजारमा चहलपहल पनि कम हुन पुगेको उनको भनाइ छ ।

दुई वर्ष अघि पसल सञ्चालन गर्दाको स्मरण गर्दै उनले पसल लिनु बेकार भएको बताए । गत वर्षको भन्दा व्यापार दोब्बरले घटेको भन्दै उनले दिनमा ५० हजार रुपैयाँको पनि व्यापार गर्न नसकिएको बताए । कर र बाटोको कारण यस्तो समस्या आएको उनको तर्क छ । सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने हो भने भन्सारमा लगाइने कर हटाउनु पर्ने उनी बताउँछन् ।

उनी मात्र होइन न्यूरोड मै विगत ६ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएकी चण्डिका श्रेष्ठको पनि हालत उस्तै छ । उनको पनि टाउकोमा हात राखेर बस्नुको विकल्प छैन । बिहान ८ बजेदेखि पसल खोलेर ग्राहक कुरेर बसेकी उनले दिउसो १ बजेसम्म ५ हजारको पनि व्यापार गर्न सकेकी छैनन् । पहिले दैनिक एक लाख रुपैयाँको व्यापार गर्ने उनी अहिले दैनिक ५० हजारको व्यापारमा नै रमाउनु परेको बताउँछिन् । “यो बेला आम्दानी गरेको रकमले नपुगे ऋण काढेरै भए पनि दसैँ मनाउने समय हो तर व्यापार छैन” निराश हुँदै उनले भनिन् ।

सुपर स्टोरहरुको कारोबारमा सुधार

ग्राहकलाइ सबै समाग्री एउटै छानोमुनी उपलब्ध गराउने सुपर स्टोरहरुको ब्यापारमा भने सुधार देखिएको छ । पछिल्लो समयमा न्यूरोड असरन भन्दापनि सबै समग्राी एकै स्थाना पाइने हुदाँ ग्राहकको रुपमा सुपर स्टोरहरु पर्न थालेका छन् । ग्राहकले सहजता खोजेकाले पनि काठमाडौका ब्यापारी क्षेत्रहरुमा चहलपहल कम देखिएको हो । भाटभटेनी सुपर स्टोर तथा सेल्स बेरी जस्ता सुपर मार्केटको कारोबार गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्मले बढेको छ ।

खाध्यन्न लत्ताकपाडा तथा धरायसी उपकरणहरु सबै उपलब्ध हुने यी स्टोरहरमा भने दशैंकको रौनक देख्न सकिन्छ । साथै यी स्टोरहरुले दशैं लक्षित विभिन्न योजनाहरु पनि सञ्चालन गरे समेत ग्राहकलाई अकर्षि गरेका छन् । विहीरको तुलनमा भाटभाटेनीमा ग्राहकको भिड बढेको भाटभाटेनीका प्रमूख सञ्चालन अधिकृत पानु पौडेल बताए । “गत वर्षको तुलनामा दशैंको समयमा यो वर्ष करिब २५ प्रतिशतले ब्यापार बढेको छ,”उनले भने,“आर्थिक गतिविधि बढ्न थालेसंगै त्यसको सकारात्मक प्रभाव भाटभटेनीको कारोबारमा पनि देखिएको हो ।”

साथै भाटभटेनीले ग्राहकका सहजतालाई विषेश ध्यान दिइएको हुनाले पनि कारोबार बढ्न मद्दत पुगेको उनको भनाइ छ । पछिल्लो समयमा एउट एउटा समान खरिद गर्न छुट्टा छुट्टै पसल गइ राख्नु पर्ने झन्झट नहुने भएकाले पनि सुपर स्टोमा ग्राहको भिड बढेको पौडेको भनाइ छ ।

तर, सेल्सवेरीमा भने गत वर्षको तुलनामा कारोबार समान्य बढेको सेल्सवेरी प्रमूख कार्यकारी अधिकृत सुसील प्रधाङगानाले बताए । “गत वर्षको भन्दा कारोबार बढेको भएपनि दशैको समयमा विगतमा हुने कारोबारको तुलनामा पुगेको छैन,” उनले भने,“अर्थतन्त्रमा देखिएको सुस्तता संगै समग्र बजारको मागमा आएको कमी र वर्षा पछिको बढीका कारणले पनि ब्यापार प्रभावति भएको छ ।”

सुपर स्टोरहरुको कारोबार बढेको भएपनि व्यापारी क्षेत्र न्यूरोड तथा असनका व्यपारीको कारोबारमा सुधार आउन सकेको छैन । आर्थिक गतिविधिमा आएको सुस्ताले सर्वासधाणको क्रय शक्ति समेत प्रभावित भएपछि दशैका लागि गरीने किनमेलमा पनि कमी आएको हो । आम्दानी अनुसार चाडवाडमा खर्च गर्ने भएकाले पनि यसपालीको दशै सर्वसाधारणका लागि बोझ लिएको आएको बुझ्न सकिन्छ ।