एक सातामै लगानीकर्ताले शेयर दलाललाई बुझाए ५६ करोड कमिशन


पछिल्ला दिनमा शेयर बजारमा दैनिक कारोबार रकम १७ अर्ब रुपैंयासम्म पुग्दै गर्दा शेयर दलाल व्यवसायीहरुको आम्दानी पनि करोड माथि पुगेको छ ।

पछिल्लो ६ कारोबार दिनमा मात्र नागरिक स्टक डिलर सहित ५१ शेयर दलालहरुले कारोबार कमिशन वापत ५५ करोड ७० लाख रुपैंया आम्दानी गरेका छन् । जेठ ९ गते आइतबारदेखि १७ गते सोमबारसम्म कुल ६ दिन शेयर कारोबार भएको छ ।

यस अवधिमा खरिद र बिक्री गरी कुल १ खर्ब ६८ अर्ब ७९ करोड रुपैंयाको शेयर कारोबार भएको छ । उल्लेखित कारोबारबाट दलाल व्यवसायीहरुले ५५ करोड ७० लाख रुपैंया कमिशन वापत आम्दानी गरेका हुन् ।

शेयर दलाल व्यवसायीले शेयर कारोबार कारोबार गर्दा लगानीकर्ताहरुबाट कारोबार रकमका आधारमा न्युनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म कमिशन लिन पाउने व्यवस्था छ । यस्तो कमिशन प्रति कारोबार रकमका आधारमा लिन पाउने व्यवस्था छ । जसमा ५० हजार रुपैंयासम्मको कारोबारमा ०.४ प्रतिशत कमिशन लाग्ने गरेको छ । त्यसैगरी ५० हजारदेखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैंयासम्म ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्म ०.३ प्रतिशत र १ करोड भन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्दै आएको छ ।

एक सातामा भएका प्रत्येक कारोबारहरुमा कारोबार रकमका आधारमा अलग अलग कमिशन दर लागू हुने भएकाले यो सामग्रीमा औसतमा दलाल कमिशन ०.३३ प्रतिशतलाई आाधार मानिएको छ ।
साता भरमा दलाल व्यवसायीहरुले गरेको शेयर कारोबार रकम, कमिशन आम्दानी र बजार हिस्सा प्रतिशतलाई तालिकामा प्रस्तुत गरिएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै शेयर कारोबार गर्ने शेयर दलाल नम्बर ५९, नासा सेक्युरिटिजले सबैभन्दा धेरै कमिशन आम्दानी गरेको छ । उसले ६ कारोबार दिनमा कुल १० अर्ब ७१ करोड रुपैंयाको शेयर कारोबार गरेको छ । उक्त कारोबारबाट ०.३३ प्रतिशतको औषतमा मात्र नासा सेक्युरिटिजले लगानीकर्ताबाट ३ करोड ५४ लाख रुपैंया कमिशन आम्दानी गरेको छ । एक साताको बजार अवधिमा नासाको बजार हिस्सा ६.३४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ ।

यसै गरी शेयर दलाल नम्बर ३४ भिजन सेक्युरिटिज, ४५ इम्पेरियल, ४९ अनलाइन र ४४ डाइनामिकले पनि कमिशन वापत लगानीकर्ताहरुबाट २ करोडभन्दा धेरै रकम आम्दानी गरेका छन् ।

एक करोडदेखि २ करोडसम्म कमिशन आम्दानी गर्ने शेयर दलालको संख्या १९ छ । जसमा आर्यतारा सेक्युरिटिज अग्रस्थानमा छ भने लिञ्च स्टक मार्केट अन्तिमममा छ । आर्यताराले १ करोड ८७ लाख रुपैंया कमिशनबाट आम्दानी गर्दा लिन्चले १ करोड रुपैंया मात्र आम्दानी गरेको छ ।

एक साताको अवधिमा २२ वटा शेयर दलालहरुले ५१ लाखदेखि ९९ लाख रुपैंया सम्म कमिशन वापत आम्दानी गरेका छन् । कमिशन वापत ५० लाखभन्दा कम आम्दानी गर्ने शेयर दलालको संख्या नागरिक स्टक डिलर समेत गरी ५ छ ।

एक साताको अवधिमा कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शेयर दलाल नम्बर ५८ नासा सेक्युरिटिजले १० अर्ब ७१ करोडभन्दा बढीको शेयर कारोबार गरेको छ । सबैभन्दा कम कारोबार गरेको नागरिक स्टक डिलरको कारोबार रकम ३० करोड ३६ लाख रुपैंया मात्र छ ।

शेयर दलालले गर्ने कमिशन वापतको आम्दानीबाट नेपाल स्टक एक्सचेञ्जलाई २० प्रतिशत र नेपाल धितोपत्र बोर्डलाई ३ प्रतिशत रकम तिर्नु पर्छ ।

एक साताको अवधिमा शेयर बजारमा के के भयो ? हेर्नुहोस्

शेयर बजारमा १६८ कम्पनीको मूल्य घट्दा नेप्सेमा ४५ अंकको गिरावट, हाइड्रोका लगानीकर्ताले गुमाए

एकैदिन १७ अर्बको शेयर कारोबार,कारोबारमा नयाँ रकेर्ड

धितोपत्र बजार पूँजीकरण ३९ खर्ब माथि, कुल ग्राहस्थ उत्पादन नजिक पुग्यो

शेयर बजारमा ऐतिहासिक रेकर्डः एकैदिन पौने १५ अर्बको शेयर कारोबार

जलविद्युत र बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

नेप्सेमा सर्वाधिक कारोबार भई नयाँ रेकर्ड कायम हुँदा यस्ता छन् कमाउने र गुमाउने कम्पनी

शेयर बजारमा हालसम्मकै उच्च कारोबार, नेप्से पनि नयाँ उचाइमा

देश चुनावमा होमिएपछि नेप्से सूचकमा फेरि नयाँ रेकर्ड, ११ अर्ब ६९ करोडको कारोबार

पोर्टफोलियो चेञ्ज गर्दै लगानीकर्ता, फाइनान्स र विकास बैंकतर्फ मोडिए

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।