नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइको राजीनामा स्वीकृत, सुनिल कुमार चौधरी कामु


नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरेको छ ।

कार्तिक २१ गते बसेको सञ्चालक समितिको ३२८ औँ बैठकको निर्णयले प्रसाइको राजीनामा स्वीकृत गरेको हो ।

प्रसाईको राजीनामा स्वीकृत गरेसंगै कामु कार्यकारी अधिकृतको जिम्मेवारी डेपुटी प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीलाई दिने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

प्रसाईले आफ्नो ९ महिने कार्यकाल पुरा नगरी राजीनामा दिएका हुन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।