गुराँस लाइफ इन्स्योरेन्सले पारित गर्यो लाभांश


गुराँस लाइफ इन्स्योरेन्सको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा गरेको हो ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैंयाको ५.५००४१७४ प्रतिशतले हुने आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैंया बराबरको बोनस शेयर र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंकको शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकि रहन आउने दशमलब पछिको अंक शेयरलाई यथावत राख्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।

बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।