नमस्ते पेले सुरु गर्यो नेपालभर स्मार्ट क्यू आर सेवा


नमस्ते पे ले नेपालभर रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर सेवा सुरु गरेको छ । नेपालका रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआरमा आधारित भुक्तानी सेवाहरू सुरु गरेको नमस्ते पेले जनाएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले अब स्क्यान एण्ड पे सुविधा सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजीद्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने मर्चेण्ट आउटलेटमा क्यूआरमा आधारित भुक्तानीहरू गर्न सकिनेछ ।

स्मार्ट पे क्यूआर नेटवर्कमा आबद्ध मर्चेण्टहरुको संख्या बिस्तार गर्ने काम भईरहेको नमस्ते पेले जनाएको छ ।

नमस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैंयासम्म छुट प्राप्त गर्न सकिने र निकट भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु आउने जानकारी स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन् ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । नेपाल डिजिटल पेमेन्ट्स कम्पनीमा ग्रामीण क्षेत्रको पहुँचदेखि वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन् ।

नगदरहित समाज सिर्जना गर्न समर्पित रहेको नमस्ते पेले आधुनिक सेवाहरू प्रदान गरेर बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि सेवाको पहुँच दिने उद्धेश्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।