आईटी क्षेत्रमा बढेको भ्रष्टाचार इम्बोस्ड नम्बर प्लेटमा, यसलाई बन्द गरौं – हृदयेश त्रिपाठी


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालमा पछिल्लो समय आईटी क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै त्रिपाठीले यस्तो बताएका हुन् ।

संसदमा बोल्दै नेता त्रिपाठीले आईटीमा मौलाएको भ्रष्टाचार पछिल्लो पटक इम्बोस्ड नम्बर प्लेटमा चरम बनेको बताए ।

सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै उनले इम्बोस्ड नम्बर प्लेट आईटी घोटालाको उदाहरण भएको बताए । यसलाई तत्काल बन्द गर्नका लागि उनले सभामुखसँग आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।