भदौ २६ देखि दशैंका लागि नयाँ नोट साट्न पाइने


नेपाल राष्ट्र बैंकले भदौ २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सटही सेवा सुरु गर्न लागेको हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार भदौ २६ गतेदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरिएको हो ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने विभागले जनाएको छ ।

नयाँ नोट साट्ने स्थानको सूची भदौ २० गते सार्वजनिक हुनेछ ।

राजधानी बाहिर पनि बैंक तथा वित्तीय संस्थाका साथै राष्ट्र बैंकको प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने विभागले जनाएको छ ।

५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक नयाँ नोट सटही गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।