सात क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरपालिकाको ‘अल्टिमेटम’


काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न चेतावनी दिएको छ । महानगरपालिकाले आइतबार पत्र पठाएर क्यासिनोहरुलाई सबै बक्यौता कर तिर्न ताकेता गरेको हो ।

महानगरपालिकाले अन्नपूर्ण होटमा रहेको क्यासिनो प्यालेस, मेरियट होटमा रहेको डेल्टीन क्यासिनो, र्‍याडिसन होटलमा रहेको क्यासिनो र्‍याट, हायात होटलको प्राइट इन्टरनेशनल एण्ड रिक्रिएसन, होटल सोल्टीको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर तिर्ने भनेको हो ।

तोकिएको समयमा कर नतिरेको खण्डमा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने महानगरपालिकाले जनाएको छ ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरे पनि पछिल्लो ४ वर्षदेखि क्यासिनोहरुले त्यस्तो कर तिरेका छैनन् ।

प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत ७ दिनभित्र महानगरपालिकाको बबरमहलस्थि राजस्व विभागमा बुझाउन महानगरले भनेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।