२३७ विदेशीलाई ६ हिमाल आरोहणको अनुमति, अमेरिकी धेरै


विभिन्न ६ वटा हिमाल आरोहण गर्नका लागि २३७ जना विदेशी नागरिकले अनुमति पाएका छन् ।

पर्यटन विभागले सोमबारसम्ममा ६ वटा हिमाल आरोहणका लागि विभिन्न मुलुकका नागरिकलाई २५ समुहमा अनुमति दिएको हो ।

विभागका अनुसार ८ हजार १६३ समटर उचाईको मनास्लु हिमाल आरोहणका लागि १९ समुहमा १६४ पुरुष र ५० महिला गरी २१४ जना विदेशी नागरिकलाई अनुमति दिइएको हो ।

८ हजार १६७ मिटर उचाईको धौलागिरी हिमाल आरोहणका लागि १ समुहमा ४ पुरुष र एक जना महिला गरी ५ जनालाई अनुमति दिएको विभागले जनाएको छ ।

त्यसैगरी ७ हजार १२६ मिटर उचाईको हिमलुङ हिमाल आरोहणका लागि २ समुहमा ७ पुरुष, ७ हजार ८५५ मिटर उचाईको नुप्से हिमाल आरोहणका लागि ५ पुरुष र १ महिला, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १ समुहमा ४ पुरुष र एक महिला र ६ हजार ३४६ मिटर उचाईको सारीबङ आरोहणका लागि १ जनालाई अनुमती दिइएको हो ।

उल्लेखित आरोहीहरुबाट २ लाख २७ हजार ९७५ अमेरिकी डलर अर्थात २ करोड ९० लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

हिमाल आरोहण अनुमति पाउनेहरुमा संयुक्त राज्य अमेरिकाका सबैभन्दा धेरै ३३ जना छन् । भारतीय नागरिकको संख्या १८, अर्जेण्टिना १७, स्पेन १३, चीन र फ्रान्सका ११ ११ जनाले अनुमति पाएको विभागले जनाएको छ ।

कुन देशका कति जनाले पाए हिमाल आरोहण अनुमति ? यस्तो छ तथ्यांक:-

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।