गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

0
Shares

माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो ।

उक्त क्युआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई हस्तान्तरण गरे ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।