वर्ल्डलिंक कम्युनिकेशन्स २८ औं वर्षमा


इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक स्थापनाको २७ वर्ष पूरा गरि २८ औं वर्षमा प्रवेश गरेको छ ।

ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले ७३ जिल्लामा आफ्नो सेवा दिइरहेको कम्पनीले चालु वर्षमा ७७ जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो ।

७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउदै आएको छ ।

१४ हजार स्थानमा निशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको कम्पनीले यसै वर्ष ३० हजार स्थानमा विस्तार गर्ने जनाएको छ ।

कम्पनीका निर्देशक मनोज अग्रवालका अनुसार यो वर्षमामात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न भएका छन् । हाल कम्पनीले ५ हजार ५०० जनालाई रोजगारी दिइरहेको अग्रवालले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।