नक्कली भारतीय नोट सहित एक जना पक्राउ


नक्कली भारतीय नोट सहित पर्सामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नं ८ बसपार्क स्थित होटल साह प्याराडाईजबाट चेकजाँच गर्ने क्रममा बीरगञ्जकै नगवा बस्ने सेराजुल देवानको छोरा बर्ष २९ को रियाज देवानलाई नक्कली भारतीय नोट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देवानको साथबाट २ हजार रुपैंयाका ३ थान नक्कली नोट फेला परेको छ । देवानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको छ ।