राष्ट्रिय बीमा कम्पनी ‘नसुध्रिने’ भन्दै सञ्चालक उप्रेतीले दिए राजीनामा


लामो समयदेखि लेखापरीक्षणको काम गर्न नसकेको राष्ट्रिय बीमा कम्पनीका सञ्चालक अशोक कुमार उप्रेतीले राजीनामा दिएका छन् । आन्तरिक रुपमा नै संस्था सुधारका लागि कसैले चासो नदिएको भन्दै उप्रेतीले कम्पनी सञ्चालक समितिबाट बाहिरिने निर्णय गरेका थिए ।

सञ्चालक समितिले कम्पनी सुधार गर्दै बक्यौता वर्षका सबै काम सक्न निरन्तर आवाज उठाउँदै आए पनि सबै आफ्नै ध्यानमा मात्र रहेकाले सञ्चालक समितिबाट बाहिरिने निर्णय गरेको उप्रेतीले नोटबजारलाई बताए ।

सञ्चालक समितिले सही ढंगले कार्य सम्पादन नगरिरहेको अवस्थामा आफुले त्यस्को चर्को बिरोध गर्दै आएको बताएका उनले राजीनामा स्वीकृत गर्न कम्पनीले ढिला नगरेको बताए । नोटबजारसँग कुरा गर्दै उप्रेतीले भने, ‘मैले कम्पनी भित्र हुने हरेक किसिमका गलत अभ्यासको बिरोध लिखित रुपमा नै गर्दै आएको थिए । त्यही भएर होला साथीहरुले म बाहिरिएको हेर्न चाहनु भएको थियो । कम्पनी सुधारका लागि पहल नै नहुने ठाउँमा बस्न उचित नठानेर म पनि बाहिरिएको हुँ ।’

उप्रेतीले सञ्चालक समितिले गरेका निर्णयहरु कम्पनीको हीतमा नभएको भन्दै सञ्चालक समितिको निर्णयमा नोट अफ डिसेन्ट लेख्दै त्यसका सम्बन्धमा बीमा समितिमा पनि छानबिनका लागि निवेदन दिएका थिए । तर उप्रेतीले उठान गरेका विषयमा न त कम्पनी सञ्चालक समितिले कुनै प्रतिकृया दिएको छ, न त बीमा समितिबाट नै कुनै प्रतिकृया आएको छ ।

कम्पनीले बक्यौता वर्षको लेखा परीक्षण नै गर्न नसकेका कारण पछिल्लो पटक घोषणा गरेको १२० प्रतिशत बोनस शेयर बितरणमा बीमा समितिले रोक लगाएको थियो ।

RBCL मा गैरकानुनी सञ्चालक नियुक्ती बिरुद्ध बीमा समितिमा सञ्चालककै उजुरी

नियामकले तोकेको चुक्ता पूँजी कायम नगरेको RBCL को प्रतिशेयर आम्दानी २३५ रुपैयाँ

प्रत्येक वर्ष खुद नाफा बढाउँदै राष्ट्रिय बीमा कम्पनी, लगानीकर्ताको प्रतिफल भने बन्धक