प्रिमियर इन्स्योरेन्सको समायोजित सेयरमूल्य एक हजार एकसठ्ठी रुपैयाँ निर्धारण

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) को बोनस समायोजनपछि प्रतिकित्ता सेयरमूल्य १०६१.७१ रुपैयाँ निर्धारण भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी उक्त मूल्य निर्धारण गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही अन्तिम मूल्यमा बोनस समायोजन गरी मूल्य तोकिएको हो ।…