जारी निषेधाज्ञाकाबीच प्रहरीले ब्रोकर कम्पनीका कर्मचारीलाई कार्यालय आवत जावतामा रोक लगाएपछि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई शुक्रबार पत्राचार गरेको छ । बोर्डबाट इजाजतपत्र प्राप्त गरेका संस्थाहरू नेप्से, दलाल व्यवसायी (ब्रोकर) र मर्चेन्ट ब्रोकरअत्यावश्यक सेवाभित्र पर्ने जानकारी गराउँदै सो संस्थाको कर्मचारीलाई आवत जावतमा सहजीकरण गर्न आग्रह गरिदिन पत्र…