साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ११.५३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ४८६ दशमलव ७९ अंकमा पुगेको छ । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।…