स्टक ब्रोकर एशोसिएसन अफ नेपालको शुक्रबार सम्पन्न एशोसिएसनको २६ औं वार्षिक साधारण सभाले सन्तोष मैनालीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक मैनालीको अध्यक्षमा कार्यसमितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिव रमनदेव पन्त र कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा…