पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनी तथा कम्पनीकाे शेयर रजिष्ट्रारलाई शेयरधनीहरुको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन निर्देशन दिएको छ । सोमबार एक निर्देशन जारी गर्दै बोर्डले नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन निर्देशन दिएको हो । बोर्डका का.मु…