व्यापार सहजीकरणका लागि भन्सार र सिमा नाकाका पुर्वाधारहरुमा ध्यान दिनु पर्ने सुझाव उद्यमी व्यवसायीहरूको छ । निजी क्षेत्रले रेलमा आधारित सुख्खा वन्दरगाह विरगंजको मात्रै भएकाले बिराटनगर, भैरहवा लगायतमा पनि रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनुपर्ने सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमी…