सूर्य नेपाल वेस्टर्न ओपन भोलिदेखि

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन भोलि बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदैछ। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्। तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट…