निरन्तर घटिरहेको सेयर बजारका लगानीकर्ताका लागि यो साता सुखद रह्यो । सेयर बजार यस साता ८.९५ प्रतिशतले बढेको छ । गत साता १८६२।०६ विन्दुमा बन्द भएको नेप्से सूचक १६६.७१ अंकले बढेर साताको अन्त्यमा २०२८.७७ बिन्दुमा पुगेको हो । अघिल्लो पटकको १८८१ बिन्द्का बुलभन्दा तल झरेको बजारमा प्यानिक भएका लगानीकर्तालाई बजारमा आएको सुधारले ठूलो आत्मबल बढाएको…