आठ महिनामा ४० अर्ब ६६ करोड वैदेशिक लगानी प्रतिवद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा ४० अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार (साउन–फागुन) महिनासम्म ५५४ वटा उद्योगमा ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको हो । गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष उद्योगको संख्या बढे पनि…