नेपाल लाइफका सीईओ सन्तोष प्रसाईंले दिए राजीनामा

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले नियुक्त भएको ९ महिना नबित्दै पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् । प्रसाईं २०७७ माघ २७ गते को सञ्चालक समितिको बैठकबाट सीइओ नियुक्त भएका थिए । तत्कालीन सीइओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था…