ऊर्जामन्त्री पम्फा भुसाललाई पूर्वमन्त्रीहरुको सुझाव- ‘अन्तराष्ट्रिय बोलपत्र गरेर बूढीगण्डकी आफैँले बनाउनुपर्छ’

विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हालेका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकता अनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे । पूर्वमन्त्री वर्षमान…