उपत्यकाका चार ठाउँमा एकीकृत आइसोलेशन केन्द्र सञ्चालन गर्ने मेयर फोरमको प्रस्ताव

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन्। बिहीबार सिंहदरबारको उपप्रधानमन्त्रीको कार्यकक्षमा सम्पन काठमाडौं मेयर फोरमका पदाधिकारीहरुको बैठकमा राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाए । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको सहभागिता रहेको उक्त बैठकमा उपत्यका…