कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको अडिट सुरुङ निर्माण सुरु

म्याग्दी । एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाको ‘अडिट’ सुरुङ निर्माण थालिएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत्गृह निर्माणस्थलबाट आजदेखि मुख्य सुरुङ जोड्ने ‘अडिट’ सुरुङ निर्माण सुरु गरेको हो । जलविद्युत् आयोजनाको मुख्य सुरुङमा पुग्ने पहुँचमार्गलाई ‘अडिट’ भनिन्छ । आयोजनाका सामाजिक विकास, प्रशासन र…