काठमाडौँ । सरकारले विभिन्न १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विषयगत विज्ञता, अध्ययन-अनुसन्धान तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई विभिन्न देशका लागि राजदूत पदमा सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा…