आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी बिदा दिने तयारी

काठमाडौँ । सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । आमालाई ६ महिना र बाबुलाई ४२ दिन पुर्‍याउन लागिएको हो । अहिले आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिइदै आइएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ…