हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई साँचो हस्तान्तरण


हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । लक्ष्मी हुन्डाईले एक कार्यक्रममा विजयीहरु नागेश्वर प्रसाद शाह (कुपन नं. १२७२) लाई भेनस र शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सेन्ट्रो माग्ना कार हस्तान्तरण गरेको हो ।

लक्की ड्र का विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनमा भएको प्रत्यक्ष प्रसारणमा गरिएको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट पनि सोही कार्यक्रममा गरिएको थियो ।

१० भाग्यशाली विजेताहरुमा भरत सिंह पौडेल (कुपन नं. : ३९७), चन्द्र मणी पौडेल (कुपन नं. : २७५), श्रीजेश घिमिरे (कुपन नं. : ९९६), महेश्वर लाल सिंह (कुपन नं. : ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं. : ९४४), राजु शाह (कुपन नं. : ७६), दल बहादुर बि. क. (कुपन नं. : ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं. : ७१६), एन. आइ. सि. एसिया बैंक, निर्भीक सापकोटा (कुपन नं. : ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं. : ३५) ले दुबई भ्रमण जितेका थिए ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध गराउँदै लगिएको हुन्डाईले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।