मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज


मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज शुक्रबार (माघ २३ गते) हो । शुक्रबार कार्यालय समय भित्रमा परेका आवेदनलाई मात्र ऋणपत्र बाँडफाँडमा सहभागि गराइनेछ ।

फाइनान्सले माघ १८ गतेदेखि प्रतिइकाई १ हजार रुपैंयाको दरमा ५० करोड रुपैयाँको ५ लाख कित्ता ‘९.५५ मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नामक ऋणपत्र निष्काशन गरिरहेको छ ।

उक्त संख्याको ऋणपत्र मध्येबाट २ लाख इकाई सर्वसाधारणलाई छुट्याएकोमा सोको ५ प्रतिशतले १० हजार इकाई सामुहिक लगानीकोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख ९० हजार इकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

वार्षिक ९.५५ प्रतिशतको व्याजदरमा निष्काशन गरिएको ऋणपत्र ८ बर्ष अवधिको हो । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।