कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण जरुरी – मन्त्री अर्याल


कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरण अपरिहार्य रहेको बताएकी हुन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताइन् । परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको र सोही अनुसार काम अगाडी बढी सकेको बताउँदै मन्त्री अर्यालले डिजिटल नेपालको कल्पना अनुसार सरकारले काम गरिरहेको बताइन् ।

माटो मापन घरबाट नै गर्न सकिने प्रविधिको विकास भएको अवस्थामा मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति भएको बताइन् । कुन माटोमा के तत्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले अगामी वजेट र नीति तथा कार्यक्रममा यसलाई समेट्ने बताइन् ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।