नेपाल चेम्वर अफ कमर्सद्धारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ । अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै चेम्बरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्वरलाई धन्यबाद दिएका थिए ।

चेम्वरका अध्यक्ष श्री मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका हुन् ।

त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«टर उपलब्ध गराउने तयारी भइरहेको बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।