ई कमर्श सम्बन्धि कानुन तर्जुमा गरिने


सरकारले ई कमर्श व्यवसायसँग सम्बन्धि कानुन तर्जुमा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । अहिले ई कमर्श व्यवसायको नियमन प्रभावकारी हुन सकिरहेको छैन भने नीति तथा नियमको अभावमा बन्दाबन्दीका बेला पनि ई कमर्श व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाएर सेवा प्रवाह गर्ने व्यवस्था हुन सकिरहेको छैन ।