तिनुकुने जडीबुटी सडक खण्डमा सुरुङ मार्ग निर्माण गरिने


सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यसका लागि १ अर्ब ८० करोड रुपैंया बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।