जलविद्युतमा विदेशी लगानी आकर्षित गरिने


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलाशययुक्त जलविद्युत आयोजनामा विदेशी तथा नीजि क्षेत्रको लगानी आकर्षित गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मन्त्री पौडेलले विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिने सरकारको योजना अनुरुप जलविद्युत उत्पादनलाई तिब्र बनाउने बताएका हुन् ।

जग्गा अधिग्रहणका साथै अन्य प्रकृया निश्चितअवधिमा पुरा गर्ने पनि उनले बताए ।