प्रि-ओपनिङमा ६० कम्पनीको शेयर मूल्य बढ्यो, विकास बैंक र फाइनान्समा चाप


सोमबार प्रि-ओपनिङ सेसनमा ६० कम्पनीको शेयर मूलय बढेको छ । कुल ८३ कम्पनीको शेयर कारोबार भएकोमा १२ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ ।

उल्लेखित कम्पनीका ३४ हजार २६३ कित्ता शेयरहरु १ करोड ६४ लाख ९३ हजार ९९८ रुपैंयामा किनबेच भएका छन् । यस दौरान धेरै जलविद्युत कम्पनीको शेयर मूल्य घटेको छ भने शेयर मूल्य बढ्ने कम्पनीहरुमा विकास बैंक र फाइनान्स कम्पनीहरुको बाहुल्यता रहेको छ ।

सोमबारको प्रि-ओपनिङमा बजार परिसुचक नेप्से १४.३५ अंकले बढेर २८४२.२८ अंकमा उक्लिएको छ ।

नेप्सेको अनलाइन कारोबार प्रणाली र नयाँ वेबसाइटमा उल्लेख हुने तथ्यांकमा फरक देखिँदा कारोबार विबरण पनि फरक परेको छ । टीएमएसमा ६० कम्पनीको शेयर मूल्य बढेको देखाइए पनि नयाँ वेबसाइटमा भने ६२ कम्पनीको शेयर मूल्य बढेको देखाइएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ..

 

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।